आज यी स्थानमा लाग्ने छैन घाम

आज दिनभर देशका विभिन्न ठाउँमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित गर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभावले केही ठाउँमा घाम कम लाग्ने छ भने चिसो बढ्ने छ। 

बिहान कोशी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको महाशाखाले जनाएको छ। 

हुस्सु र कुहिरोले चिसो बढ्दा दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमासमेत असर पुग्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको आग्रह छ। 

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहने छ। 

राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहने छ। 

प्रकाशित मिति: : 2024-12-11 07:05:00

प्रतिकृया दिनुहोस्