प्रहरीका ४ प्रदेश प्रमुख फेरिए, को कहाँ पुगे?

नेपाल प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ।

गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यरात १० जना डिआइजीको सरुवा गरिएको हो।

गृहमन्त्रालयले प्रहरीका ४ वटा प्रदेशका प्रमुखको फेरबदल गरेको छ। जसअनुसार कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख फेरिएका छन्।

कोसी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई सीआईबी सरुवा गरिएको छ। विशेष ब्युरोमा कार्यरत राजन अधिकारीले कोसी प्रदेश प्रहरी प्रमुखमा पठाइएको छ।

त्यसैगरी गण्डकी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंहलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। उनको ठाँउमा डिआइजी भोला बहादुर रावललाई पठाइएको छ।

त्यसैगरी लुम्बिनीमा डिआइजी दानबहादुर कार्कीलाई सरुवा गरिएको छ। त्यहाँका कुवेर कडायतलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ।

त्यसैगरी डिआइजी मनोजकुमार केसीलाई भने प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा राखिएको छ।

त्यस्तै सदूरपश्चिमका प्रहरी प्रमुख रवीन्द्र केसीलाई विकास निर्देशनालयमा सरुवा गर्दै त्यहाँ हालै बढुवा भएका गणेश चन्दलाई खटाइएको छ। यसअघि काजमा खटाइएका लालमणि आचार्य मधेसमा र जनक भट्टराईको कर्णाली प्रदेश प्रहरी प्रमुखमा सरुवा कायम गरिएको छ।

प्रकाशित मिति: : 2024-12-13 10:30:00

प्रतिकृया दिनुहोस्