नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा सञ्चालन

काठमाडौँमा एक समारोहबिच नेपाली पत्रकारहरुका लागि चिनिया भाषा कक्षाको उद्घाटन गरिएको छ।

सोमबार चिनियाँ दूतावा र काठमाडौँ विश्वविद्यालयको समन्वयमा नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षाको उद्घाटन गरिएको हो। 

कार्यक्रममा पत्रकार किशोर श्रेष्ठले नेपाली र चीनबीच नजिकको सम्बन्ध भएपनि भाषाका कारण समस्या हुने भएकाले भाषाबारे ज्ञान लिन आग्रह गरे। उनले भाषा र शब्द चयनमा ख्याल नगर्दा सम्बन्धमा पनि धेरै समस्या पर्ने गरेको बताए।

कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधि, शिक्षाविद् र पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

समारोहको उदघाटन गर्दै, चीनका प्रतिनिधि श्री लि श्वाङ चेंगले भाषाको सिकाइको महत्त्व र त्यसका लागि आवश्यक मेहनतको बारेमा चर्चा गरेका छन्।

उनले भने, ‘भाषा सिक्न चाँडै सफलता पाउने कुरा होइन। यसले निरन्तर प्रयास र धैर्यको आवश्यकता पर्छ। सिकाइको क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्नेछ, तर तपाईंको शिक्षक र संस्थान सधैं तपाईंको साथमा रहनेछन्, तपाईंलाई मार्गदर्शन र सहयोग प्रदान गर्नेछन्।’

कार्यक्रमले नेपाली पत्रकारहरूलाई चिनियाँ भाषा र सांस्कृतिक ज्ञानको बारेमा थप जानकारी र प्रशिक्षण प्रदान गर्ने उद्देश्य राखिएको छ।

‘मलाई विश्वास छ कि चिनियाँ कक्षाबाट सबै नेपाली मिडिया प्रशिक्षकहरूले चिनियाँ भाषामा उल्लेखनीय सुधार गर्नेछन्। तपाईंहरू चिनियाँ भाषा सिकेर दुई देशबीचको सांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ’, उनले भने। 

प्रकाशित मिति: : 2024-12-16 12:17:00

प्रतिकृया दिनुहोस्