एम्नेस्टी इन्टरनेसनल नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा बुढाथोकी

एम्नेस्टी इन्टरनेसनल नेपालको अध्यक्षमा विपिन बुढाथोकी निर्वाचिन भएका छन्।

एम्नेस्टी इन्टरनेसनलको मंसिरको २९ र ३० गते नवलपरासीको गैँडाकोटमा भएको ३३औँ वार्षिक साधारणसभाले बुढाथोकीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

त्यसैगरी साधारणसभाले कोषाध्यक्षमा होमबहादुर अधिकारीलाई चयन गरिएको छ।

राष्ट्रिय बोर्ड सदस्यहरुमा सचिता कुईंकेल, केशव पोखरेल, पूजा थापा, मौसम कार्की, एलिसा महत, मीना थापा, बैकुण्ठप्रसाद अर्याल, लोकेन्द्र सिंह र सुमन कुमार चयन भएका छन्।

तीन वर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारीहरूले युवा, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्दछन्।

संस्थाका निर्देशक निराजन थपलियाले यस वर्षको साधारण सभालाई अत्यन्त समावेशी र पारदर्शी बताए।

उनले भने, ‘नयाँ नेतृत्वले मानवअधिकार आन्दोलनमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।’ सभाले आर्थिक वर्ष २०८०/८१ का प्रतिवेदनहरू, वार्षिक मानवअधिकार कार्ययोजना र बजेट पारित गरेको छ।

सन् २०२५ का लागि मानवअधिकार कार्ययोजना तय गरिएको छ। साधारणसभामा द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका विषयमा सरकारलाई जवाफदेही बनाउने विषयमा पनि छलफल गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष बिपिन बुढाथोकीले संस्थाको भविष्य र रणनीतिक योजनाबारे आफ्नो दृष्टिकोण व्यक्त गर्दै मानवअधिकार संरक्षण र जवाफदेहिताको प्रवर्द्धनमा निरन्तर प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: : 2024-12-16 14:15:00

प्रतिकृया दिनुहोस्