प्रहरीले बुझायाे रविविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन कसुरमा कारबाही गर्न राय

File Photo
File Photo

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन साेमबार  जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाे हाे।

६ सय पेज लामो अनुसन्धान प्रतिवेदनमा प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कारबाही गर्न राय दिएकाे बताइएकाे छ।

यसैगरी प्रहरीले लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सरकारी वकिललाई दिएको छ।

पूर्वगृमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा काठमाडौँ, चितवन, पर्सा र बुटवल बयानका लागि लगिएको थियो।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका उनलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।

लामिछानेमाथि पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्था, बुटवलको सुप्रिम सहकारी, कास्कीको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारीलगायतको रकम हिनामिनामा गरेकाे आरोप छ।

प्रकाशित मिति: : 2024-12-16 14:37:00

प्रतिकृया दिनुहोस्