आज शुक्रबार मन्त्रिपरिषदको बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन्।
बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ।
बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।