१४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा लमजुङबाट एकै परिवारका तीन जना पक्राउ परेका छन्।
भारत मोतिहारी घोडासान थाना बकुलिया–५, घर भइ बेसीशहर नगरपालिका–७, सहजी बस्ने ४० वार्षीय सेख सईतुला, उनकी श्रीमती र छोरा समेत तीन जनालाई बेसीशहर नगरपालिका–७, बस्ने १४ वर्षीया बालिकालाई अपहरण गरी भारत पुर्याएको आरोपमा पक्राउ परेका हुन्।
उनीहरुले ती बालिकालाई गएको मंसिर २४ गते अपहरण गरी भारत पुर्याएकोमा पुस १५ गते सोमबार पक्राउ गरी जिप्रका लमजुङ ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए।
पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताए।