सरकारलाई विधेयकहरू पारित गराउन सहज छ: गगन थापा

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई विधेयकहरू पारित गराउनको लागि सहजता भएकाे बताएका छन्। 

‘संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले सबै विधेयक पारित गर्नेगरी काम गरिरहेको बताएका हुन्। 

रोकिएर रहेको विधेयकहरूलाई अगाडि बढाउन संयन्त्र नै बनाएर काम गरिरहेकाे बताउँदै उनले भने, ‘अहिले भएका सबै विधेयकहरूलाई चैत महिनाभित्र पारित गर्नुपर्छ।’

१८/१९ वटा बाँकी विधेयक टुंग्याउनको लागि क्यालेण्डर नै बनाएर काम गरिरहेको समेत उनले बताएका थिए। 

प्रकाशित मिति: : 2025-01-07 13:24:00

प्रतिकृया दिनुहोस्