एकीकृत समाजवादीको निष्कर्ष: गठबन्धन सरकारले जनअपेक्षा अनुरूप काम गर्न सकेन

Break n Links
Break n Links

नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको निष्कर्ष निकालेकाे छ।

अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको उल्लेख छ। 

‘संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ। यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ’, अपानिमा भनिएको छ।

सरकारले व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने गरी अध्यादेश ल्याएको भनेर पनि विरोध गरिएको छ।

‘देशमा महंगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफुखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको छ। यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमिन प्लटिङ गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ’ अपानिमा भनिएको छ।

प्रकाशित मिति: : 2025-01-28 12:42:00

प्रतिकृया दिनुहोस्