जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक आज बस्दैछ।
शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान ११ बजेबाट बैठक बस्न लागेको हो।
बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशबारे छलफल हुने कार्यसूची रहेको छ।
जसपाले अध्यादेशबारे विषयविज्ञसँग परामर्श गरेर निर्णय लिन कार्यदल गठन गरेको थियो। कार्यदलले बिहीबार नै सुझाव दिइसकेको छ। तर संसदीय दलले यसबारे केही पनि निर्णय गरेको छैन।
आजको संसदीय दलको बैठकले अध्यादेशबारे पार्टीको धारणा स्पष्ट पारिने स्रोतले बतायो।