शानदार मःम पसलमा ग्याँस विस्फोट हुँदा घाइते थप एक जनाको मृत्यु

काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा थप एक जनाकाे मृत्यु भएकाे छ। 

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाकाे मृत्यु भएकाे हाे। 

उनको गएराति ११:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए। 

घाइतेमध्ये तीन जनाको यसअघि नै उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भइसकेकाे छ। 

माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए।
 

प्रकाशित मिति: : 2025-02-16 10:28:00

प्रतिकृया दिनुहोस्