नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा अलपत्र रहेको हुलाकी सडक केपी शर्मा ओलीको अग्रसरतामा नेपालले आफैं बनाएको दाबी गरेका छन्।
आइतबार सामाजिक संजालमार्फत उनले यस्तो दाबी गरेका हुन्। उनले केपी ओलीकै अग्रसरतामा मधेसको असन्तुष्टि सम्बोधन भएको पनि दाबी गरेका छन्।
उनले भनेका छन्, ‘केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडकलगायत मधेसको असन्तुष्टि सम्बोधनमा अग्रसरता लिनुभयो। भारत सरकारबाट प्राप्त हुने अनुदानको निरन्तरता रहने गरी नेपाल सरकारले आफैंले सडक बनाउने संकल्प गर्नुभयो। भारत सरकारलाई सहमत गराउनु भयो। आज मधेसको लाईफ लाईनको रुपमा विकास हुँदै गरेको हुलाकी सडक निर्माणमा नेकपा(एमाले)का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन्।’
उनले ओलीको योगदानलाई मधेसी जनताले महसुस गरेको दाबी गर्दै कुनैबेला एमालेलाई निषेध गर्ने मधेसमा आज एमाले नै सबैभन्दा ठूलो दल बनेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘नेकपा(एमाले)का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन्। हिजो एमाले र एमाले अध्यक्षलाई निषेध गर्छौ भनिएको मधेस प्रदेशमा आज नेकपा(एमाले) सबैभन्दा ठुलो दल बनेको छ। हुलाकी सडक यतिबेला नेपालको सडक संजालको महत्वपूर्ण हिस्सा बनेको छ।’
हुलाकी सडकको कथाः
हुलाकी सडक तराईका सदरमुकामहरुलाई आधार बनाएर निर्माण गरिएको सूचना र संचारको परम्परागत मार्ग हो । त्यतिवेला हुलाक नै सूचना र संचारको सबैभन्दा प्रभावकारी माध्यम थियो । त्यही परम्परागत हुलाकी मार्ग पछि गएर कच्ची सड़क संजालका रुपमा विकास भयो । उक्त हुलाकी सडकलाई मधेसी जनताको लाईफ लाईन मानिन्थ्यो । विकासको क्रममा धेरैतिर पक्की सड़कहरु बने । तर तराइ मधेसमा जनताको सघन वसोवास भएर गुज्रने हुलाकी सड़क वन्न सकेन । मधेसी जनताको गुनासो रहने नै भो । खर्च धेरै लाग्ने भएर माधव नेपाल प्रधानमन्त्री हुँदा त्यसको निर्माणको जिम्मा भारत सरकारलाई लगाइयो । तर पनि लामो समयसम्म उक्त सडक बन्न सकेन । हुलाकी सडकका नाममा भारतिय सहयोगमा राजनीतिक स्वार्थ आधारित उत्तर दक्षिणका स्थानिय सडक बने । त्यसमा पनि स्थानिय जनताको गुनासो हुने नै भयो ।
संविधान सभावाट नयाँ संविधान जारी भएपछि मधेसमा त्यसका विरुद्धमा आन्दोलन भयो । नाकाबन्दीको समेत नेपालले सामना गर्नु पर्यो । त्यस कुरालाई नेकपा(एमाले) नेतृत्वले गम्भीरता पूर्वक लियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक लगायत मधेसको असन्तुष्टि सम्वोधनमा अग्रसरता लिनु भो । भारत सरकारवाट प्राप्तहुने अनुदानको निरन्तरता रहनेगरी नेपाल सरकारले आफैले सडक बनाउने संकल्प गर्नु भो । भारत सरकारलाई सहमत गराउनु भयो । आज मधेसको लाईफ लाईको रुपमा विकास हुदै गरेको हुलाकी सडक निर्माणमा नेकपा(एमाले)का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन् । हिजो एमाले र एमाले अध्यक्षलाई निषेध गर्छौ भनिएको मधेस प्रदेशमा आज नेकपा(एमाले) सबैभन्दा ठुलो दल बनेको छ । हुलाकी सडक यति बेला नेपालको सडक संजालको महत्वपूर्ण हिस्सा बनेको छ ।