नेपालमा दैनिक रेल चलिरहेको छ, अझै विस्तार गरिन्छः प्रधानमन्त्री

Break n Links
Break n Links

प्रधानमन्त्री  केपी शर्मा ओलीले तराई मधेशमा नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैं प्राथमिकतामा राखेको बताएका छन्।

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद प्रतिक्षा तिवारीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले जयनगर-जनकपुर-कुर्था-विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माण कार्य सम्पन्न भइ यात्रुबाहक रेलसेवा दैनिक संचालनमा आएको बताएका हुन्।

उनले भने, ‘आवधिक योजनाको लक्ष्य अनुरुप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशिल बनाइएको छ। जयनगर-जनकपुर-कुर्था-विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक संचालन भएको छ।’

साथै उनले जयनगर-जनकपुर हरेक दिन तीन पटक र जनकपुर-विजयपुरा दिनको एक पटक आउने-जाने गरी रेल सेवा दिइएको समेत बताए। उनले थप विजयपुरा-बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्न लागेको समेत जानकारी गराए।

उनले भने, ‘जयनगर-जनकपुर हरेक दिन तीन पटक र जनकपुर-विजयपुरा दिनको एक पटक आउने-जाने गरी रेल सेवा दिइएको छ। थप विजयपुरा-बर्दिबाससम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दैछ।’

प्रकाशित मिति: : 2025-02-16 16:10:00

प्रतिकृया दिनुहोस्