राष्ट्रिय सभालाई ‘वृद्धाश्रम’ भन्ने ज्ञानेन्द्र शाहीको टिप्पणीप्रति खेद प्रस्ताव पारित

Break n Links
Break n Links

राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्प्णीप्रति आपत्ति जनाउदै खेद प्रस्ताव पारित गरेको छ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा सदस्यहरूले सांसद शाहीले सामाजिक सञ्जालमार्फत राष्ट्रियसभालाई ‘वृद्धाश्रम’ भन्दै गरेको टिप्पणीप्रति आपत्ति जनाएका थिए।

शाहीले मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पारित गरेको भन्दै राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए। 

सांसदहरूको आपत्तिपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले खेद प्रस्ताव पारित गरेका थिए।

प्रस्ताव पारित गर्दै अध्यक्ष दाहालले भने, ‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपोकल्पित झुट र यथार्थ भन्दा बाहिर गइ एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका मान्य सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्तै गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार संप्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन मान्य सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ।’

प्रकाशित मिति: : 2025-02-16 19:04:00

प्रतिकृया दिनुहोस्