पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्यान्डको राजधानी बैंकक उडेकी छन्।
उनी बिहान ११ बजे नेपाल वायुसेवाको उडानमार्फत स्वास्थ्य परीक्षणसँगै घुमघामका लागि थाइल्यान्ड गएकाे भण्डारीको सचिवालयले जनाएको छ।
निजी भ्रमणका लागि बैंकक उडेकी भण्डारीलाई विदाइ गर्न एमाले नेताहरू विमानस्थल पुगेका थिए।
एमाले स्थायी समिति सदस्य भानुभक्त ढकाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारी, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतले भण्डारीलाई बिदा गरेका थिए।