राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद बैठक बहिष्कार गरेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्नका लागि सुमनाले समय माग गरेकी थिइन्। तर, सभामुख देवराज घिमिरेले समय नदिएपछि उनी रिसाउँदै सदनबाट बाहिरिएकी हुन्।
बैठकको सुरुमै बोल्न खोजेकी श्रेष्ठलाई सभामुखले समय दिएका थिएनन्। अन्तिममा पनि बोल्न समय मागेकी सुमनाले समय नपाएपछि उनी बाहिरिएकी हुन्।