नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको दर्शन र स्नान गरेका छन्।
सोमबार कुम्भ मेलामा डुबुल्की मारेको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सेयर गर्दै उनले कुम्भ मेलामा स्नान गर्न पाउँदा पवित्रताको अनुभूति भएको बताए।
थापाले भनेका छन्, ‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो।’