प्रचण्डकाे लागि प्रेसर कुकर बम बाेकें–दुर्गा प्रसाईं

Break n Links
Break n Links

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका छन्।

शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रचण्डले नातिनीको लागि अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका हुन्।

आफूले २० वर्षसम्म प्रचण्डलाई सहयाेग नगरेकाे भए विदेशमा घर किन्न र प्रधानमन्त्री बन्न नसक्ने उनकाे दाबी थियाे।

प्रचण्डकाे लागि आफूले प्रेसर कुकर बम बाेकेकाे दुर्गा प्रसाईंकाे भनाइ थियाे। 

प्रकाशित मिति: : 2025-03-07 16:25:00

प्रतिकृया दिनुहोस्