इजरायली सैनिकले गाजापट्टीमाभीषण आक्रमण गरेको छ। यो आक्रमणमा परेर गाजा क्षेत्रका कम्तीमा ८६ जान प्यालेस्टाइनी मारिएको प्यालेस्टाइनले जनाएको छ। त्यो आक्रमणमा लगगभ १०० भन्दा धेरैजना घाइते भएका छन्।
गत जनवरी १९ मा भएको युद्धबिराम यता इजरायले गरेको यो सबैभन्दा ठूलो आक्रमण हो। पहिलो चरणको युद्धबिराम मार्च १ मा समाप्त भएको थियो। र दोस्रो चरणको युद्धबिरामको प्रयास भइरहँदा इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण गरेको हो।
कतारको मध्यस्थतामा जनवरीमा हमास र इजरायल युद्धबिरामका लागि राजी भएका थिए। त्यो बेला हमासले सबै युद्धबन्दीहरू छोड्ने र इजरायलले पनि पक्राउ परेका हमासका कार्यकर्ताहरू छोड्ने भनिएको थियो।
तर बाचा गरेअनुसार बन्दी बनाइएका नागरिक हमासले नछोडेको इजरायलले आरोप लगाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासलाई युद्ध बन्दी नछोडे बिनासका लागि तयार रहन भन्दै कडा चेतावनी दिएका थिए।
‘हमासले हाम्रा बन्दीहरू रिहा गर्न र अमेरिकी ट्रम्पका प्रतिनिधि एंव अरु मध्यस्थकर्ताहरूले राखेका प्रस्तावहरू लगातार अस्विकार गर्दै आएको छ’ इजरायली सेनाले आफ्ना इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशन उद्धृत गर्दै भनेको छ ‘हामीले हसासलाई त्यही अवज्ञाका लागि जवाफ दिएका हौं।’
अहिले पनि हमासले थुप्रै नागरिकलाई युद्धबन्दी बनाएको छ। करिब १८ महिनाअघि इजरायलमाथि आक्रमण गरेर हमासले युद्धका लागि धावा बोलेको थियो। त्यसक्रममा इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीको पनि मारिएका थिए। भने एकजना बिपिन जोशी अझै हमासको नियन्त्रणमा छन्। यद्यपि बिपिन जोशीको वास्तविक अवस्थाको बारेमा हमासले केही भनेको छैन र नेपाल सरकारले पनि उनको रिहाईका लागि कुटनीति प्रयासहरू जारी राखेको छ।