विरगंजबाट आउँदै गरेको ग्यास बुलेट हेटौंडामा ब्रेक फेल, ट्रकसँग ठोक्कियो

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसँग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ।

बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्केतर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७ नम्बरको भारतीय ग्यास बुलेट विपरीत दिशाबाट आइरहेको ग१ख ९४८१ नम्बरको ट्रकसँग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा पल्टिएको हो।

बुलेटको बेक्र फेल भएर ट्रकसँग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ। तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

ग्याँस बुलेटभरी रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भईरहेको मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए।

प्रकाशित मिति: : 2025-03-20 11:15:00

प्रतिकृया दिनुहोस्