सिराहाका सीडीओ मन्त्रालय तानिए

सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन्।

शुक्रबार बिहान मन्त्रालयले दाहाललाई गृहमा तानेर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएकाे हाे। 

औरही गाउँपालिका वडा नम्बर ५ मा दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई मन्त्रालय तानेको मन्त्रालय स्रोतले जनाएको छ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन्। 

 
  

प्रकाशित मिति: : 2025-03-21 11:59:00

प्रतिकृया दिनुहोस्