१२ काे परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक

NEB
NEB

आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ। परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने  निर्णय गरेको छ। यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन्।

प्रकाशित मिति: : 2025-04-22 07:55:00

प्रतिकृया दिनुहोस्