कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

टेरामक्स प्रकरणमा अख्तियारले बुधबार विशेष अदालतमा बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बन भएको हो।

बस्नेत गत निर्वाचनमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुद्दाको किनारा नलागेसम्म कुनै पनि राष्ट्रसेवक स्वत: निलम्बन हुने व्यवस्था छ।

प्रकाशित मिति: : 2025-05-15 13:34:00

प्रतिकृया दिनुहोस्