सभामुख देवराज घिमिरेले मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्।
शुक्रबार ११ बजे सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ।
उक्त छलफलमा सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणबारे कुराकानी हुने बताइएको छ।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन्।