माओवादीले पनि संसद चल्न नदिने

Break n Links
Break n Links

नेकपा माओवादीले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने निर्णय गरेको हो। 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि राजीनामा गर्न प्रतिपक्षको ब्यापक दबाव छ। यसअघि माओवादी, राप्रपा र रास्वपालगायतका दलहरूले संसद अवरुद्ध गरेका थिए। तर बिहीबार बजेट पेश गर्ने बेलामा उनीहरूले अवरोध गरेनन्। 

यसपछिका संसद बैठकमा माओवादी शसक्तरुपमा प्रस्तुत हुने निर्णय गरेको छ। 

प्रकाशित मिति: : 2025-05-30 12:25:00

प्रतिकृया दिनुहोस्