अझै सुरु हुन सकेन संसद बैठक, सभामुखले थाले छलफल

फाइल तस्बिर
फाइल तस्बिर

प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेपछि बैठक बस्न ढिलाइ भएको हो।

प्रतिपक्षी आफ्नो अडानबाट ब्याक नभएपछि सभामुखले अवरोध हटाउने वियषमा छलफल थालेका छन्।

गृहमन्त्री रमेश लेखकले आफूले सदनमा जवाफ दिन पाउनुपर्ने तर, राजीनामा नदिने अडानमा छन्।

यदि दलहरूबीच कुरा मिलेमा आज गृहमन्त्रीले सदनमा जवाफ दिनेछन्। कुरा नमिलेमा विपक्षीहरूले सदनमा अवरोध जारी राख्ने बताएका छन्।

प्रकाशित मिति: : 2025-06-04 13:34:00

प्रतिकृया दिनुहोस्