प्रतिनिधि सभाको बैठक केहीबेर बसेर स्थगित

प्रतिनिधिसभाको बिहीबारको बैठक केहीबेर बसेर स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको थियो।

सभामुखले गृहमन्त्रीले बोल्न समय मागेकाले बैठक सञ्चालनमा अवरोध नगर्न र दलीय आधारमा बोल्न दिने आग्रह गर्दा पनि विपक्षीहरूले टेरेनन्।

प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे।

प्रकाशित मिति: : 2025-06-05 18:19:00

प्रतिकृया दिनुहोस्