कोशीमा हराएका सशस्त्रका दुवै गोताखोरको शव भेटियो

कोशी ब्यारेजमा विपद उद्दार अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका दुवै गोताखोरको शव फेला परेको छ।

शुक्रबार शुक्रबार जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो। आइतबार बिहान अर्का जवान सुरज साउदको शव फेला परेको हो।

सुरजको शव ५५ नम्बरको ढोका नजिक फेला परेको हो। उनी नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए। त्यस्तै अर्का जवान हरदेव भने नं १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए।

सप्तरीको हनुमाननगरस्थित कंकालिनी नगरपालिका-१ कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारीका क्रममा बिहीबार दिउँसो तीन बजे आसपासबाट २ गोताखोर बेपत्ता भएका थिए।

उनीहरूको खोजी र उद्दारका लागि कुरिनटारबाट गोताखोर डीएसपी पुरुषोत्तम भण्डरीको टोली खटिएको थियो।

प्रकाशित मिति: : 2025-06-08 13:15:00

प्रतिकृया दिनुहोस्