ओली-देउवा छलफलमा प्रचण्ड अनुपस्थित

फाइल तस्बिर
फाइल तस्बिर

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच हुने भनिएको भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्ड अनुपस्थित भएका छन्।

प्रचण्ड उपत्यकाबाहिर भएको र बिहीबार मात्रै फर्किने जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मात्रै छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफल विशेषतः संसदमा जारी रास्वपा र राप्रपाको अवरोध, रास्वपाको माग लगायत समसामयिक राजनीतिक विषयमा केन्द्रीत रहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2025-06-18 16:46:00

प्रतिकृया दिनुहोस्