सीके राउतको पार्टी : मधेसवादी दलप्रति आक्रामक, केन्द्रप्रति नरम

तस्बिरः रातोपाटी

काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले गठन गरेको जनमत पार्टीले तराई मधेसमा आफ्नो सङ्गठन विस्तारमा तीव्रता दिएको छ ।

 

सो पार्टीले अहिले तराईका विभिन्न जिल्लामा जिल्ला परिषद् गठन गर्नुका साथै आमसभा गरिरहेको छ । साथै युवा, महिला, विद्यार्थी, सहकारी, किसान, दलितलगायतका भ्रातृ सङ्गठन बनाइरहेको छ । 

 

तर सीके राउत जनमत पार्टी गठन गर्दै मूलधारमा आएपछि सबभन्दा बढी आक्रमक मधेसी केन्द्रित दल अर्थात प्रदेश २ को सरकारप्रति देखिन्छन् ।

 

प्रकाशित मिति: : 2019-04-11 21:38:23

प्रतिकृया दिनुहोस्