प्रेस स्वतन्त्रता दिवसमा ईन्जाले जारी गर्यो ७८ शुभकामना सन्देश

अमेरिकामा हेडक्वार्टर रहेको नेपाली पत्रकारहरूको डायस्पोरिक संस्था इन्जाले २६औं प्रेस स्वतन्त्रता दिवसको अवसरमा एउटा नौलो प्रयोग गरेको छ। 

डिजिटल प्लेटफर्मको प्रयोग गर्दै इन्जाले ७८ जनाको प्रतिनिधिमुलक भिजुयल शुभकामना सन्देश सार्वजनिक गरेको ईन्जाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

प्रेस विज्ञप्तीअनुसार ईन्जाको यो विशेष भिडियो सामग्री युनेस्कोकोका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जर्ज पापागिएनिसले संयुक्त राष्ट्रसंघ मुख्यालयबाट, ईन्जा अध्यक्ष गुणराज लुइटेल र वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले डिसीस्थित मुख्यालयबाट, अस्ट्रेलिया संयोजक मनऋषि धितालले अष्ट्रेलियाबाट, एशिया संयोजक टंक पन्तले नेपालबाट, युरोप संयोजक अनुराधा पौडेलले फ्रान्सबाट, अमेरिका संयोजक भुपेन्द्र थापाले न्युयोर्कबाट र क्यानडा संयोजक डा. किस्मत भण्डारीले टोरण्टोबाट संयुक्त रुपमा सार्वजनिक गरेका छन्। 


https://www.youtube.com/watch?v=-U-nOozJW_0&feature=youtu.be&fbclid=IwAR0_JWv9BisVoMzlB-Pkg-ZWwvEKhw0LL6gDqKsqRiojty2ydMiTFdKUkfc

 

शुभकामना सन्देश दिनेमा पत्रकार तथा सांसद कोमल ओली, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सूचना आयोगकी आयुक्त यसोदा तिम्सिना, ईन्जा  संरक्षकद्वय योगेश उपाध्याय एवं रामचन्द्र खरेल, डा तारा निरौला, डा. दुर्गा दाहाल, डा. गोपी उप्रेति, डा. मन्जु मिश्र, प्रो. रामकृष्ण रेग्मीलगायत ईन्जा सल्लाहकारहरु, विवभिन्न देशमा रहेका पत्रकार र फेन्डस् अफ ईन्जाका भाइबहिनी रहेको बताइएकोछ।


संयुक्त राष्ट्र संघ युनेस्कोले यस वर्षको लागि विश्व प्रेस स्वतनत्रता दिवशको नारा मिडिया फर डेमोक्रेसी : जर्नालिज्म एण्ड इलेक्सन्स इन टाइम्स अफ डिस्इन्फर्मेसन तय गरेको छ। ईन्जा “कनेक्ट, एजुकेट एण्ड इन्स्पायर” भन्ने एजेण्डाका साथ खुल्ला र ब्यापक अन्तर्राष्ट्रिय संजालमा आवद्ध हुंदै मर्यादित पत्रकारिता, पेशागत हकहित एवं दक्षता विकासका लागि समर्पित संस्था हो।  

प्रकाशित मिति: : 2019-05-04 02:43:31

प्रतिकृया दिनुहोस्