फ्याक्टचेक : प्रधानमन्त्री सही कि राष्ट्रपति? प्रम भन्छन्- ८ सय, राष्ट्रपति भन्छिन्- १६ सय किलोमिटर सडक कालोपत्रे

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्- "नेपालले भौतिक पूर्वाधारको विस्तार र गुणस्तरमा फड्को मारेको छ। एक वर्षको अवधिमा १ हजार ६ सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको छ।"

४० दिनअघि २०७५ चैत १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा भने राष्ट्रपतिले दिएको तथ्याङ्कभन्दा आधा सडकमात्र कालोपत्रे भएको जानकारी दिएका थिए। 

'यस वर्ष लगभग ८ सय किलोमिटर सडक कालोपत्र भएको छ', प्रधानमन्त्रीले भनेका थिए, 'नेपालको इतिहासमा कहिले पनि यति धेरै भएको थिएन।'

प्रधानमन्त्रीले यसो भने सँगै प्रतिनिधि सभाका सत्तापक्षीय सांसदहरुले ताली ठोकेका थिए। 

प्रकाशित मिति: : 2019-05-05 08:31:08

प्रतिकृया दिनुहोस्