प्रभावशाली दार्शनिक कार्ल मार्क्सको जन्मजयन्ती आज

काठमाण्डाै - आइतबार राजनीतिशास्त्री कार्ल मार्क्सको जन्मजयन्ती मनाइदैछ । उहाँको जन्म सन् १८१८ को मे ५ मा पर्सियामा भएको थियो ।

कार्ल मार्क्सलाई आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्शनिक मानिन्छ । सन् १८४५ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्नुभएको थियो ।

यो घोषणापत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेज मानिन्छ । घोषणापत्रले पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित र पूर्ण रूपमा मुक्त समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।

झण्डै १ सय ७० वर्षपछि पनि समाज परिवर्तनको स्वरूप विश्लेषण गर्न यो दस्तावेज सफल छ भनेर कम्युनिष्ट पार्टीहरुले दाबी गर्ने गरेका छन् ।

प्रकाशित मिति: : 2019-05-05 08:50:11

प्रतिकृया दिनुहोस्