इराकी प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा

तस्बिरः एजेन्सी

इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेका छन्। उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गर्नुभएको अधिकारीहरुले शुक्रबार जनाएका छन्।

इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाब दिएका थिए। सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजिनामा दिने घोषणा गरेका हुन्।

‘मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसदमा पेस गर्नेछु,’ उनले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ। इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन्।

पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए।

प्रकाशित मिति: : 2019-11-29 23:20:15

प्रतिकृया दिनुहोस्