टाइम भन्छ- मोदी 'इन्डियाज डिभाइडर इन चिफ': भाजपा भन्छ- टाइम नयाँ इष्ट इण्डिया कम्पनी

अमेरिकी 'टाइम' म्यागेजिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रोपटक आफ्नो आवरण कथा बनाएको छ। यसअघि भन्दा यसपटक फरक किसिमले मोदीलाई प्रस्तुत गरिएको छ।

यसपटकको शीर्षक दिइएको छ-'इन्डियाज डिभाइडर इन चिफ'। यो शिर्षक टाइम म्यागजिनको २०१९ मे २० तारिखको अन्तर्राष्ट्रिय संस्करणको आवरण कथाको हो।

पत्रकार अतिश तशीरको बाइलाइन रहेको आवरण कथामा ‘विश्वकै ठूलो प्रजातन्त्रले अर्को पाँच वर्ष मोदी सरकार झेल्न सक्ला?’ त भन्ने प्रश्न गरिएको छ। 

विश्वमा लोकप्रियतावाद बढेको उल्लेख गर्दै मोदी सरकारलाई टर्की,ब्राजिल, ब्रिटेन र अमेरिकी शासकसँग तुलना गर्दै मोदीकालमा भारतको आधारभूत चरित्र नै परिवर्तन भएको उल्लेख गरिएको छ। 

मोदी शासनकालमा अल्पसंख्यक, उदारवादी, मुस्लिम, इसाई तथा कथित तल्लो जातिमाथि आक्रमण भएको उल्लेख गर्दै आवरण कथामा लेखिएको छ- ‘मोदी सरकारअन्तर्गत अल्पसंख्यकका हरेक तह उदारवादीदेखि तल्लो जातका मुस्लिम र इसाई समुदायमाथि आक्रमण गरिएको छ।'

यसपटक पनि मोदी नै सत्तामा आउने सम्भावना व्यक्त गर्दै यसका लागि ‘मोदीलाई हराउ’ बाहेक अरु कुनै एजेन्डा नभएको कमजोर प्रतिपक्षी दल हुनु पनि एक हो भनेर विश्लेषण गरिएको छ। 

टाइम म्यागजिनको कभरसँगै भारतमा फेरि एक पटक मोदी चर्चा चुलिएको छ। चुनावमा होमिएका मोदी यसै पनि चर्चाको शिखरमै छन्।

मोदीले यो विषयलाई कुनै महत्व नै दिएका छैनन् तर उनको पार्टीले भारतमाथि विदेशी हस्तक्षेप भएको र भारतीय मतदाताले नै त्यसको जवाफ दिने बताएको छ। भारतीय जनता पार्टीका एक प्रवक्ताले भनेका छन्- टाइम  म्यागजिन नयाँ अवतारको इष्ट इण्ढिया कम्पनी भएको बताए। 

 

प्रकाशित मिति: : 2019-05-11 04:45:10

प्रतिकृया दिनुहोस्