प्रचण्डले भने– ल्हासाबाट छिट्टै रेल आउछ

तस्वीरः एजेन्सी

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चीनको ल्हासाबाट छिट्टै रेल आउने दाबी गरेका छन्। 

राष्ट्रिय विभूति सीताको जन्म जयन्तीको अवरसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘ल्हासाबाट रेल आउदैछ, त्यो रेल लुम्बिनी सम्म पुग्ने छ।’

उनले ल्हासाबाट काठमाडौं रेल ल्याउने कुरा सपना मात्र नभएको त्यो वास्तविकतामा परिणत हुने बताउँदै भने, ‘तपाई हामीले छिट्टै ती दिनहरु देख्नेछौ।’
आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको प्रचण्डको दाबी छ।

चीन भ्रमणमा चिनियाँ राष्ट्रपतिसँग ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेल लैजाने कुरामा छलफल भएको पनि प्रचण्डले जानकारी दिए।

ल्हासाबाट रेल नेपाल आएमा पर्यटन र अर्थतन्त्रको विकासको निम्ति कोशेढुंगा सावित हुने प्रचण्डको भनाई छ।

प्रकाशित मिति: : 2019-05-13 13:15:17

प्रतिकृया दिनुहोस्