कास्कीमा बिप्लवकाे बैठकस्थलमै प्रहरीकाे घेराबन्दी, १८ पक्राउ

विप्लव

कास्कीबाट प्रहरीले विप्लव माओवादीका १८ जना नेता कार्यकर्ता पक्राउ गरेको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी, विद्यार्थी नेता  मिलन राईसहित १८ जनालाई पक्राउ गरेको हो।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार उनीहरू सबैलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएरआवश्यक अनुसन्धान सुरू भइसकेको छ।

कार्यक्रमबारे अग्रिम जानकारी पाएको प्रहरीलेसादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै मातहतका प्रहरी चौकीमा प्रहरीको संख्या थप गरेर त्यस ठाउँमा प्रहरीले निगरानी बढाएको एसपी कार्कीले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्न विप्लव माओवादीका मध्यपश्चिम क्षेत्रीय कमाण्डरसहित केही शीर्ष नेताहरूअन्नपूर्ण गाउँपालिकामा जाने भनिए पनि प्रहरीले निगरानी बढाएको थाहा पाएपछि पछि हटेको थियो।

नेकपाका कार्यकर्तालाई दिउँसोदेखि नै घेराबन्दी गरेको भन्दैकास्की प्रहरीले साँझ ६ बजेतिर १८ जनालाई पक्राउ गरेको हो।

विप्लबको टोली स्थानीय आमा समूहको भवनमा बसेर विशेष छलफलको तयारी गरिरहेको समयमा प्रहरीले घेराहियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2019-06-09 10:51:07

प्रतिकृया दिनुहोस्