चीनको प्रत्यार्पण कानुनको हङकङवासीद्धारा विरोध, १० लाख सडकमा

तस्वीरः एजेन्सी

हङकङमा प्रत्यर्पण कानुनलाई लिएर भइरहेको प्रदर्शनले झन् उग्ररुप लिने सम्भावना बढेर गएको छ। प्रत्यर्पण कानुन संसदमा पेश गर्न लागेको सरकारले जनताहरूको विरोधका बाबजुद यसलाई फिर्ता नलिने संकेत देखाएको छ।

बेइजिङ समर्थक मानिने नेता केरी ल्यामले प्रत्यर्पण कानुनलाई संसदमा पेश गर्ने बताएपछि हङकङको माहौल अझै बिग्रिन सक्ने बताइएको छ।

आइतबार मात्र यस कानुनको विरोध गर्दै १० लाख सर्वसाधारण सडकमा उत्रिएका थिए। उनीहरूले यो कानुन लागु भएपछि चीनको हस्तक्षेप बढ्ने बताएका थिए।

सन् १९९७ मा बेलायतले हङकङलाई चीन समक्ष सुम्पिदा यस्तै विरोध भएको थियो। प्रहरीका अनुसार आइतबारको घटनामा १९ जना गिरफ्तार भएका छन्। पक्राउ परेका प्रदर्शनकारी २५ वर्ष मुनिको भएको बताइएको छ।

प्रकाशित मिति: : 2019-06-10 23:24:20

प्रतिकृया दिनुहोस्