हङकङमा इतिहासकै ठूलो प्रदर्शन, २० औं लाख मानिस सडकमा

तस्बिरः एजेन्सी

विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङमा भइरहेको प्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो भएको आयोजकले दाबी गरेका छन्।

आयोजका अनुसार प्रदर्शनमा करिब २० लाख मानिस उत्रिएका छन्।

यता प्रहरीका अनुसार करिब ३ लाख मानिस एकैपटक सडकमा उत्रिएको बताउँदै आएको छ।

शनिबार हङकङ प्रशासनले विधेयक निलम्बन गरे पनि आक्रोशित भीड सडकमा उत्रिरहेको छ।

हङकङका प्रमुख कार्यकारी क्यारी ल्यामले विधेयक प्रस्ताव गरेकामा क्षमायाचना गर्दै निलम्बन गरेको बताएकी छन्।

हङकङमा चीनको नियन्त्रण बढ्ने डरबाट प्रेरित अधिकांश प्रदर्शकारीले ल्यामको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले विधेयक निलम्बन मात्रै नभएर खारेजीकै माग गरेका छन् ।

विरोध प्रदर्शन शान्तिपूर्ण थियो। यसअघि बुधबार प्रहरी र प्रदर्शनकारीबीच भीडन्त हुँदा दर्जनौं घाइते भएका थिए।

यसैबीच, पाँच वर्षअगाडि हङकङमा ‘अम्ब्रेला मुभमेन्ट’को नेतृत्व गरेका कारण जेल परेका जोसुवा वोङले आफू सोमबार रिहा हुने बताएका छन्।

प्रकाशित मिति: : 2019-06-17 12:07:41

प्रतिकृया दिनुहोस्