नेपाल प्रहरीको ६४ औं स्थापना दिवस: विरगन्जका युवा राजन श्रीवास्तव सम्मानित

बिएल

नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा पर्साका युवा समाजसेवी राजन श्रीवास्तव सम्मानित भएका छन्।

प्रहरी प्रधान कार्यालयल नक्सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यतामा आयोजना भएको कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले श्रीवास्तवलाई समाजसेवीको कदर पत्रसहित सम्मानित गरेका हुन् ।

विगत १० वर्ष देखि निरन्तर समाज सेवामा सक्रिय रहेका श्रीवास्तवले कठिन परिस्थिति तथा विपत्को बेला नेपाल प्रहरीलाई सहयोग पुर्‍याएका थिए । उनले विभिन्न समयमा ट्राफिक व्यवस्थापन, रगतको अभाव हुँदा आकस्मिक रक्तदान तथा हावाहुरी जस्ता विपत्को बेलामा राहतको व्यवस्थापन, किशोरीहरुको लागि आत्मरक्षाका तालिम जस्ता कैयन कार्यमा प्रहरीहरुको साझेदारीमा सहयोग पुर्‍याएका थिए।

समाजसेवी कदर पत्र प्राप्त भएकोमा खुशी व्यक्त गर्दै श्रीवास्तवले यो सम्मान आफू एक्लोको नभई सम्पूर्ण पर्सा जिल्लाबासी तथा सहयोगी हात र स्वयंयमसेवीहरुको भएको बताए । उनले आउने दिनमा थप सल्लाह सुझावको अपेक्षा समेत गरेको बताएका छन् ।

कार्यक्रममा उनी लगायत अन्य २ समाजसेवीलाई समेत सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2019-10-11 13:38:19

प्रतिकृया दिनुहोस्