प्रधानमन्त्री ओलीले लेखे- राष्ट्रपति सीको नेपाल भ्रमण भव्य भयो

बिएल

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य रुपमा सफल भएको बताएका छन् ।

नेपालको २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएसँगै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति सीको भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।आइतबार उनले सञ्जाल ट्विटरमा भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको समेत उल्लेख गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन् ‘नेपाल भ्रमण गरी नेपााल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु। भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’

प्रकाशित मिति: : 2019-10-13 16:53:02

प्रतिकृया दिनुहोस्