बुधबार, ०४ जुन २०२५

राजावादीको प्रदर्शनका सबै कार्यक्रम स्थगित

News Image
• • •

सोमबार राजावादी समूहले उपत्यका बन्दसहित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।

आज दरबार हत्याकाण्डको दिन सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरू केही नगरिएको एक विज्ञप्ति जारी गर्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन्।

आज साँझ ६ बजे कमलादी गणेशस्थानमा राजपरिवारका दिवङ्गत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको सुवेदीले बताएका छन्।

आइतबारको प्रदर्शनका क्रममा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई थप चर्काउने र उपत्यका बन्द गर्ने घोषणा गरेको थियो।

पक्राउ परेका आठ जनामध्ये कमल थापा र दीपकबहादुर सिंहसहित सात जना 
आइतबार राति नै रिहा भएपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?