गण्डकी प्रदेश सांसद राजीव गुरूङ नेकपा प्रवेश

तस्बिरः बिएल

पोखरा ।

गण्डकी प्रदेश सांसद राजीव गुरूङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् ।

मनाङ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा गण्डकीका इन्चार्ज पृथ्वी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन्।

मनाङेलाई टिका खादा लगाएर नेकपाको विधान र निर्देशिका हस्तान्तरण गरेर पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन्।

मनाङेसँगै विप्लव समूहका नेता पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्। कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्जसमेत रहेका कार्कीलाई पृथ्वी सुब्बा गुरूङले नै पार्टी प्रवेश गराएका हुन्।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए। तर, फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषि ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन्।

उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएको थियो। त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।

तस्बिरहरूः सुदर्सन रञ्जित

प्रकाशित मिति: : 2019-07-04 11:33:59

प्रतिकृया दिनुहोस्