‘सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थालियो’

प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय सरकारको विरोध गर्नकै लागि मास्क लगाएर हिड्न थालेको बताएका छन्।

शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मास्क नलगाएर पनि हिड्न सकिने अवस्थामा आफ्नो र सरकारको विरोध गर्नकै माक्स नलगाउनेहरुले पनि माक्स लगाएर हिड्न थालेको बताएका छन्।

समाजवाली पार्टीका देवेन्द्र पराजुली, कल्पना धमलालगायतका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरेका हुन्।  

‘म प्रधानमन्त्री हुँदा मास्क नलगाई हिड्न नसकिने अवस्था थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले मास्क नलगाए पनि हिड्न सकिने अवस्था छ,’ उनले भने।

साथै उनले सरकारको विरोधकै लागि मास्क लगाएर हिड्नाले स्वास्थ्यको लागि फाइदा हुने दाबी गरे।

कतिपयले मास्क लगाउन बिर्सिसकेको भए पनि आफूले बोलेपछि फेरि मास्क किनेर लगाउन थालेको उनको भनाइ छ। उनले पुरै काठमाडौंलाई धुलोमुक्त बनाउन राजधानीका सबै सडकहरु पिच गर्नुपर्ने बताए। सबै काम एकैपटक नहुने भएकोले सरकारले क्रमश आफ्नो कामलाई निरन्तरता दिएको उनको तर्क छ ।

प्रधानमन्त्री ओलीले केहीदिनअघि एक औपचारिक कार्यक्रममा काठमाडौं उपत्यका आहिले मास्क लगाएर हिड्नुपर्ने अवस्था नरहेको बताएका थिए। 

यसैबिच प्रधानमन्त्री ओलीले आईफा अवार्डलाई लिएर भएको आलोचना प्रति असन्तुष्टि जनाए ।

२० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको उनको दाबी छ । उनले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरिएको थियो तर अर्बौं खर्च भनेर हावा कुरा गरियो ।’

सरकार सम्झौता पूर्व सौदाबाजीमा रहेकै बेला ‘लौ सर्वनाश हुने भो’ भनेर संसदीय समितिमार्फत अनधिकृत निर्देशन दिन लगाइएको समेत उनको आरोप छ ।

 

प्रकाशित मिति: : 2019-07-05 14:16:28

प्रतिकृया दिनुहोस्