प्रधानमन्त्रीलाई नेविसंघको उपहारः भारतबाट आएको एक किलो बिषादी तरकारी र फलफुल

बिएल

भारतीय सरकारको दबावमा नेपालमा बिषादी तरकारी भित्र्याउन अनुमति दिएको भन्दै प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार भारतबाट आयतीत बिषादीयुक्त तरकारी र फलफूल उपहार दिएको छ। 

प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवीलाई ब्यंग गर्दै भारतबाट आयातीत बिषादीयुक्त तरकारी र फलफूल कोबी, बन्दाकोबी, घिरौला र केरा जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत उपहार पठाएको हो।

नेविसंघका महासचिव कुन्दनराज काफ्लेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘भारतबाट आयात हुने तरकारी तथा फलफूलमा अत्याधिक मात्रामा बिषादी मिसाइएको पाइएकोमा नेपाल सरकारले चासो राखी नाकामा क्वारेन्टाइन गराउन आदेश दिएकोमा भारतीय दुतावासको अनावश्यक दबाव पश्चात पुनः चेकजाँच नगरि नेपाल भित्र्याएकोमा नेविसंघको गम्भीर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तीमा भनिएको छ, ‘लामखुट्टेको स्वभाविक दिशा परिवर्तन हुँदा षड्यन्त्रदेखि दुईतिहाईको दुहाई दिन नहिच्किने केपी ओलीको यो घटनापछि राष्ट्रवादी फरिया धुँजाधुँजा भएर नाङ्गिएको छ।’

प्रकाशित मिति: : 2019-07-09 17:04:29

प्रतिकृया दिनुहोस्