अखिल केन्द्रीय सदस्यको डीएनए जाचिँदै, प्लास्टिकमा भेटियो फ्यालिएको विर्य

काठमाडौं : तीन दिनदेखि रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राई प्रहरी हिरासतमा छन्।

विद्यार्थी राजनीतिमा उच्च तहसम्म पुग्ने सम्भावना बोकेका नेता राईलाई संगीन आरोप लागेको छ। उनीमाथि लागेको आरोप पुष्टि भएमात्र १० वर्षभन्दा बढी कैद सजाय हुनेछ। भाइटीकाको अघिल्लो दिन ( कार्तिक ११) राईले एक युवतीलाई बलत्कार गरेको आरोपमा प्रहरीले मंगलवार बिहान नियन्त्रणमा लिएको हो।

राईले आफ्नै साथीको बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा बोलाएर बलात्कार गरेको आरोप छ। पीडित युवतीले जवर्जस्ती मुखमैथुन गराएको प्रहरीमा बयान दिएकी छिन्।

'अप्राकृतिक क्रियाकलाप गराएको बयान दिएकी छिन्। यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं। प्रारम्भीक अनुसन्धानमा राईले करणी गरेको देखिन्छ। तर, हामी प्रमाण जुटाउन लागिरहेका छौं,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

प्रकाशित मिति: : 2019-10-31 17:42:02

प्रतिकृया दिनुहोस्