राजधानीको लप्सीफेदीमा बस दुर्घटना : तीनको मृत्यु, २५ घाइते

सांकेतिक तस्बिर

राजधानीको लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन् ।

मेलम्चीबाट काठमाडौंतर्फ आइरहेको बा ५ ख ५०७० नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

उनले भने,‘खचाखच भरिएको बस लप्सीफेदीस्थित मोडमा ब्रेक नलागेपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घाइतेलाई शंखरापुरलगायत अस्पतालमा उपचारका लागि पठाएका छौं।’ मृतकको सनाखत हुन सकेको छैन।

प्रकाशित मिति: : 2019-10-31 17:51:18

प्रतिकृया दिनुहोस्