नेपालमा व्यवसाय गर्ने वातावरण बनिसक्यो: मन्त्री पुन

फाइल तस्बिर:बिएल

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले नेपालमा व्यवसाय गर्ने उपयुक्त वातावरण निर्माण भएको बताएका छन् ।

लाफा ग्रुप लिमिटेडको दोश्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले व्यवसायमैत्री वातावरण बनाउन सरकार तत्पर रहेको पनि बताए । समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न सरकार अघि बढेको भन्दै मन्त्री पुनले यसका लागी व्यवसायको क्षेत्रको बिकास हुनै पर्ने जिकिर गरे ।

उनले आर्थिक बिकास बढ्दै गएकाले नेपालमा व्यवसाय फस्टाउदै गएको तर्क गरे। उनले अपर त्रिशुली आयोजनामा ९ वटा बिदेशी लगानीकर्ताले लगानी गर्ने प्रतिवद्धता जनाएको सुनाउदै नेपालमा लगानी गर्न विश्व समूदाय उत्सुक रहेको बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले नेपालका संस्थाहरु सामाजिक सेवा पनि क्रियाशिल हुनु सकारात्मक बिषय रहेको बताए ।

प्रकाशित मिति: : 2019-11-02 16:58:34

प्रतिकृया दिनुहोस्