राज्यसँग प्रयाप्त स्रोत साधन नभएकाले उद्धार कार्यमा ढिलाई : गृहमन्त्री थापा

फाइल तस्बिर

गृहमन्त्री रामबहादुर थापाले पर्याप्त हेलिकप्टर नहुँदा बाढी पहिरोमा उद्धार गर्न कठिनाई भएको बताएका छन् ।

आईतबार संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले राज्यसँग प्रयाप्त स्रोत साधन नहुँदा पिडितलाई बेलैमा उद्धार गर्न नसकिएको बताए ।

बाढी पहिरो पीडितको बेलैमा उद्धार नभएको, मृतकले राहत नपाएको र घाईतेले उपचार नपाएको भन्दै समितीले राज्यलाई त्यस्ता कुरामा ध्यान दिन ध्यानाकर्षणा गराएको छ ।

बैठकमा सांसदहरूले सरकारले गरेको उद्धार प्रयासको तारिफ गरे पनि अहिलेको समस्या बाढी मानव सिर्जित भएको बताएका थिए।

स्रोत साधनको कमिका बाबजुद सुरक्षा निकायले सहकार्य गरी उद्धार कार्यमा खटिएको मन्त्री थापाले समितीमा जानकारी समेत गराएका थिए ।

प्रकाशित मिति: : 2019-07-14 17:11:06

प्रतिकृया दिनुहोस्