स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिकात्मक तस्बिर

भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना३६प ९३२४ नम्बरको स्कुटरले पैदलयात्रीलाई बिहीबार राति ठक्कर दिएको थियो। उक्त ठक्करबाट अन्दाजी ४५ वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको सनाखत हुन सकेको छैन।

पैदलयात्रीलाई ठक्कर दिने स्कुटरका चालक पनि घाइते भएका छन्। घाइते हुनेमा गैँडाकोट नगरपालिका–१० भेडावारी बस्ने २३ वर्षीय जनक कँडेल रहेको र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2019-11-08 14:14:47

प्रतिकृया दिनुहोस्